दिल्ली जानुअघि ईश्वर पोखरेललाई झलनाथको आग्रह

काठमाण्डु टुडे २०७८ असार २ गते १३:५८ मा प्रकाशित

काठमाण्डु, २ असार– एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी महासचिव ईश्वर पोखरेललाई पार्टी मिलाउनका लागि भूमिका खेल्न आग्रह गरेका छन्।नर्भिक अस्पतालबाट थप उपचारका लागि भारत जान लागेका खनाललाई भेट्न पुगेका पोखरेलसँग बुधबार खनालले यस्तो आग्रह गरेका हुन्।

जवाफमा पोखरेलले उपचार गराएर निको भएर आएपछि छलफल गर्ने बताएको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए।ुझलनाथ खनालले पार्टी महासचिवलाई पार्टी मिलाउनुस्। तपाईंले पार्टी मिलाउन भूमिका खेल्नुस् भन्नुभयो,ु पाण्डेले भने,ुमहासचिवले तपाईं छिट्टै निको भएर आउनुस् अनि बसेर सल्लाह गरौंला भन्नुभएको छ।ु

रगतमा हेमोग्लोबिनको मात्रा कमी भएपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका खनाल थप उपचारका लागि आज भारत जाँदैछन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us