मेलम्चीमा बाढीः सेना, प्रहरी र सशस्त्रको ब्यारेक बगायो, ठूलै धनजनको क्षति भएको आशंका

काठमाण्डु टुडे २०७८ असार १ गते २२:५१ मा प्रकाशित

काठमाण्डु, १ असार– वर्षातसँगै मेलम्चीमा आएको बाढीले बस्ती बगाएको छ ।

ठूलै जनधनको क्षति भएको आशंका गरिए पनि रातको समय भएकाले यकिन विवरण आउन बाँकी छ । सिन्धुपाल्चोक प्रहरी प्रमुख राजन अधिकारीले लगातारको वर्षतका कारण आएको पहिरोले नदी थुनिएर बाढी आएको बताए । हेलम्बुस्थित नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका ब्यारेक बाढीले बगाएको छ ।

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले ठूलै भौतिक र मानवइ िक्षति भएको हुन सक्ने बताए । तर, यकिन विवरण आउँन बाँकी रहेको उनको भनाइ छ । ‘ठूलै क्षति भएको आशंका छ’, उनले भने, ‘यकिन रुपमा के कसो भएको हो बुझ्ने काम हुँदैछ, रातिको समय भएकाले विवरण संकलनमा समस्या भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us