इन्धन ढुवानी गर्न टयांकर चालक तयार

काठमाण्डु टुडे २०७८ असार १ गते १७:२२ मा प्रकाशित

काठमाण्डु, १ असार– गत आइतबारदेखि कोभिड–१९ भ्याक्सिनको माग गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेका ट्यांकर चालकहरू अन्ततः तेल ढुवानी गर्न तयार भएका छन् । चालकहरूको माग सम्बोधन गर्दै सरकारले आन्दोलनरत ट्यांकर चालक, कर्मचारी तथा निगमसँग जोडिएका मजदुरहरुलाई यथाशीघ्र कोभिड–१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएपछि चालकहरू तेल बोक्न तयार भएका हुन् ।

मंगलबार नेपाल पेट्रोलियम ट्यांकर चालक संघले एक विज्ञप्ति जारी गर्दै आजकै मितिदेखि आफुहरुको आन्दोलन स्थगित भएको र सधाझैं पेट्रोलियम पदार्थको ढुवानी कार्य सुचारु गरिएको जनाएको छ ।
उक्त आन्दोलनमा नेपाल पेट्रोलियम डिलर एसोसिएसनले समेत ऐक्यबद्धता जनाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us