पहिरो खसेपछि गुल्मीको मुख्य दुई ठुला सडक अवरुद्ध

काठमाण्डु टुडे २०७८ असार १ गते १६:५८ मा प्रकाशित

गुल्मी, १ असार– लगातार वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि गुल्मीको मुख्य दुई ठुला सडक अवरुद्ध बनेका छन । रिडी–तम्घास सडक र रिडी–रुद्रवेणी सडकखण्ड अवरुद्ध बनेका हुन् ।

तम्घास–रिडी सडकखण्ड अन्तर्गत रेसुङ्गा नगर

पालिका–१३ , भगाँरी खोलामा गएराति पहिरो खसेपछि सडक बन्द भएको हो । पहिरो खसेकोखसै गरेकोले उक्त सडक पहिरो नरोकिए सम्म बन्द गराउन लागिएको त्यस वडाका वडाध्यक्ष खुम खत्रीले जानकारी दिए ।

त्यसैगरी गुल्मीकै रिडी–रुद्रवेणी सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–२ साँघुरेमा पनि बिहान सडकमाथिबाट ठुला ठुला ढुृङ्गा सहितको पहिरो खसेपछि त्यो सडक पनि ठप्प भएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us