कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित

काठमाण्डु टुडे २०७८ असार १ गते १५:५४ मा प्रकाशित

सुर्खेत, १ असार–कर्णाली प्रदेश सभा आर्थिक वर्ष २०७८/ ०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकले सरकारको कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी बर्षको बजेट ल्याउने बाटो खुलेको छ । नीति तथा कार्यक्रम पारित भएपछि प्रदेश सभाको बैठक स्थगित भएको छ ।

चार बजे बस्ने अर्को बैठकमा सरकारले आर्थिक बर्षको बजेट पेश गर्ने तयारी गरेको छ । कर्णालीमा एमाले सांसदहरुले कार्यक्रमको विपक्षमा मतदान गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us