प्रधानमन्त्री ओलीको जीवन रक्षाको माग

काठमाण्डु टुडे २०७८ जेठ ३० गते २१:५७ मा प्रकाशित

सुर्खेत, ३० जेठ– कर्णाली प्रदेशसभा सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी ओलीको जीवन रक्षाको माग गरेकी छन् ।

प्रदेशसभाको आठौँ अधिवेशनको सातौँ बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य रखालले प्रधानमन्त्री ओलीको जीवन रक्षा हुनुपर्ने धारणा राखेकी हुन् ।

“मान्छे मार्छु भन्ने सर्वसाधारणलाई ज्यान मार्ने कसुरमा मुद्दा चल्छ भने प्रदेशसभा सदस्यको हकमा के कानून छ र ?”  प्रश्न गर्दै उनले भनिन्, “त्यसैले म भन्न चाहन्छु, सांसदले रोष्टमबाट मान्छे मार्ने अभिव्यक्ति दिएपछि उनलाई कारवाही हुन्छ कि हुँदैन ? त्यसैले यस्ता हिंस्रक अभिव्यक्ति फिर्ता लिएर मात्र हुँदैन ।”

उनले प्रधानमन्त्री ओलीको जीवन रक्षाका लागि पनि त्यस्तो अभिव्यक्ति दिने सांसदलाई हिरासतमा राखी कारवाही माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us