थप २,४०७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ जेठ ३० गते १६:५६ मा प्रकाशित

काठमाण्डु, ३० जेठ– पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us