पोखरामा बालुवाटार–शीतलनिवास काण्ड भाग–२ को खतरा

काठमाण्डु टुडे २०७८ जेठ २९ गते १७:०९ मा प्रकाशित

??????

पोखरा, २९ जेठ– केन्द्रमा जस्तै जालझेल गरेर सरकार बन्न नदिने षड्यन्त्र गरेको भन्दै काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत सांसदले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् ।

काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेश प्रमुख सीता पौडेलको कार्यालय अगाडि धर्ना दिएका हुन् । धर्नाको नेतृत्व मुख्यमन्त्रीमा प्रस्तावित पोखरेलले गरेका छन् ।

संसदमा बहुमत गुमाएपछि स्वतः पदमुक्त भएका गण्डकीका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले किर्ते हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेपछि विपक्षी विरोधमा उत्रिएका हुन् । गुरुङले जसपाका दुई प्रदेशसभा सदस्य तथा पार्टीद्वारा पदमुक्त गरिएका जनमोर्चा सांसद कृष्ण थापाको समेत समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्तिको दाबी गरेका छन् ।

यसअघि संघीय सरकार गठनका लागि आह्वान गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवा र केपी ओली दुवैको दाबी नपुग्ने भन्दै खारेज गरेजस्तै प्रदेश प्रमुखले पनि गुरुङ र पोखरेलको दाबी खारेज गर्ने आशंका गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us