एमालेद्धारा शुक्रबार पनि कर्णाली प्रदेश सभा बैठक अवरुद्व

काठमाण्डु टुडे २०७८ जेठ २८ गते १७:१८ मा प्रकाशित

सुर्खेत, २८ जेठ– नेकपा एमालेले शुक्रबार पनि कर्णाली प्रदेश सभा बैठक अवरुद्व गरेको छ । आर्थिक वर्ष २०७८/०८९नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको भन्दै एमालेले पुनः बैठक अवरुद्ध गरेको हो ।

प्रदेश सभाको शुक्रबारको बैठक शुरु भएलगत्तै एमाले संसदीय दलका नेता यामलाल कँडेलले समय मागेर बोलेका थिए ।

त्यसलगत्तै सभामुख राजबहादुर शाहीले आर्थिक मामिला मन्त्री शर्माले बिहीबारको बैठकमा टेवल गरेको आर्थिक वर्ष २०७८/०८९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयक छलफलमा प्रवेश गराउन लाग्दा एमालले आपत्ति जनाएको थियो ।

एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले विनियोजन विधेयकमा हस्ताक्षर हुनुपर्ने भन्दै बैठक अगाडि बढ्न नसक्ने बताए ।

‘विधिवत रुपमा हस्ताक्षर नभएको यो विधेयक कसले ल्याएको हो ? यो सभाले मन्त्रीलाई चिन्छ । तर मन्त्रीको अस्ताक्षर छैन,’ प्रमुख सचेतक शाहले भने, ‘मन्त्रीको हस्ताक्षर नभएको दस्तावेजमा छलफल हुन सक्दैन, बैठकलाई यहीँ रोकौं ।’

२४ गतेदेखि शुरु भएको प्रदेश सभाको बैठक एमालेको लगातारको अवरोधका कारण बिहीबारदेखि सञ्चालन भएको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us