ओलीका निर्णय उल्ट्याउँदै सर्वोच्चः कर्णालीका चार सांसद पुनबर्हाली गर्न आदेश

काठमाण्डु टुडे २०७८ जेठ २७ गते २३:०५ मा प्रकाशित

काठमाण्डु, २७ जेठ– सर्वोच्च अदालतले बर्खास्तीमा परेका माधव नेपाल समूहका कर्णाली प्रदेशसभाका सांसदलाई पुनबर्हालीको आदेश दिएको छ ।

न्यायाधीश प्रकाशसिंह राउतको इजलासले बिहीबार कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो । योसँगै सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापा सांसदका रुपमा काममा फर्कन पाउने भएका छन् ।

एमाले केपी ओली समूहको केन्द्रीय समिति बैठकले पार्टी अनुशासन नमानेको आरोपमा उनीहरुलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । ती चार सांसदले ओली पक्षको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ३ वैशाखमा विश्वासको मत दिएका थिए ।

सर्वोच्चको आदेशमा पार्टी केन्द्रीय समितिले नभई महाधिवेशन आयोजक समितिले कारबाही गरेकाले चार सांसदको पुनबर्हाली भएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us