शिवम सिमेन्टद्वारा हेटौंडा अस्पताललाई १ सय ९० थान अक्सिजन हस्तान्तरण

काठमाण्डु टुडे २०७८ जेठ ५ गते ७:०६ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– शिवम् सिमेन्ट लिमिटेडले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को दोस्रो भेरियन्टको व्यापक रुपमा प्रभाव परिरहेको विषम परिस्थितिमा देशका विभिन्न अस्पतालहरुमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामाग्री अभाव भइरहको परिस्थिलाई मध्यनजर गर्दै अस्पताललाई १२० थान भरिएका तथा ७० थान खाली अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको शिवम सिमेन्टले जनाएको छ ।

यस्तै उक्त अस्पताललाई ३० थान मेडिकल बेड, ५ थान सीसीयू बेड तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरसमेत प्रदान गरिएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको शिवम् सिमेन्टको भनाइ छ ।

‘प्राणवायु’ अक्सिजन सहितका सिलिण्डर, मेडिकल बेड, सीसीयू बेड ताथ मनिटर उपकरणसमेतका स्वास्थ्य सामग्रीले स्वास्थ्योपचारबाट बञ्चित सर्वसाधारण नागरिकहरुलाई उपचारमा सहज अवस्था सिर्जना भई सहयोग प’ग्ने छ भन्ने आशा एवं विश्वास लिएको कम्पनीले जनाएको छ । शिवम् सिमेन्ट्सले यसअघि पनि यस किसिमका महामारी, दैविप्रकोप, राहत सामाग्रीहरु, स्वास्थ्य सामाग्री, एम्बुलेन्स हस्तान्तरणसहित विभिन्न कार्यहरुमा आफ्नो सामाजिक संस्थागत दायित्व निर्वाह गर्दै आइरहेको छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवमप्लस सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us