जसपाले ग-यो सरकारको नेतृत्वमा दाबी

काठमाण्डु टुडे २०७८ जेठ ४ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– जनता समाजवादी पार्टी(जसपा)ले सरकारको नेतृत्वमा दाबी गरेको छ ।

मंलबार अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने जनाएका छन् ।

‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन, जनता समाजवादी पार्टी नेताल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहनेछ’ विज्ञप्तिमा भनिएको छ ‘तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिनेछ ।’

जसपाले अहिलेको सरकारमा भने सहभागी नहुने प्रष्ट पारेको छ । यो बाहेकको अवस्थामा सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने दुई नेताले बताएका छन् ।

नेकपा एमालेको नेतृत्वको सरकारलाई साथ दिने वा नदिने विषयमा जनता समाजवादी पार्टी दुई पक्षमा विभाजित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us