माधव नेपाल भेट्न एमाले नेता बादल कोटेश्वरमा

काठमाण्डु टुडे २०७८ जेठ ४ गते १४:१४ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । जेठ ६ गते बिहीबार हुने बागमती प्रदेश राष्ट्रिय सभाको

उपनिर्वाचनबारे छलफल गर्न थापा नेता नेपालको निवास कोटेश्वर पुगेको थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार नेता नेपाल र थापाबीच अहिले भेटवार्ता जारी छ ।

बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा एमालेले थापा र विपक्षी गठबन्धन दुवैबाट डा खिमलाल देवकोटा उम्मेदवार बनेका छन् थापाको चुनाव चिन्ह सूर्य रहेको छ भने देवकोटाको कमल रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us