झापामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

काठमाण्डु टुडे २०७८ जेठ ४ गते १३:०६ मा प्रकाशित

झापा,४ जेठ– जंगली हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका ९ निवासी श्याम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मङ्गलबार राती साढे १२ बजेको समयमा मागुरमाडी सामुदायिक वन क्षेत्रबाट आएको एउटा जंगली हात्तीलाई धपाउने क्रममा ४५ वर्षीय राईलाई हात्तीले आक्रमण गरेको थियो ।

टाउको र दायाँ खुट्टामा गहिरो चोट लागेका राईको उपचारका क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us