कैलालीमा खैरो हिरोइनसहित २ युवती पक्राउ

काठमाण्डु टुडे २०७८ जेठ ४ गते ११:४४ मा प्रकाशित

कैलाली, ४ जेठ– कैलालीको टीकापुरबाट खैरो हिरोइनसहित २ युवती पक्राउ परेका छन् ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका–७ कालाकुण्डाबाट सोही वडाका २४ बर्षीया दिलु पाण्डे र १६ बर्षीया राधा पाण्डेलाई पक्राउ गरेको हो ।

सोमबार दिउँसो उनीहरुको साथबाट करिब ९.९५० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । उनीहरुको म्याद थप गरी अनुसन्धान गरिने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us