त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज १४ अन्तर्राष्ट्रिय उडान हुँदै

काठमाण्डु टुडे २०७८ जेठ ४ गते ११:१४ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज १४ अन्तर्राष्ट्रिय उडान हुँदै छन् । नेपाल एयरलाइन्सका ३ चार्टर बिमानले साउदी अरेबिया, दमाम र चिनको बेइजिङका लागी उडान अनुमती लिएका छन् ।
नेपाल एयरलाइन्सको चार्टर कार्गो बिमान मध्यान्ह बेइजिङबाट काठमाडौं आउँदै छ । हिमालय एयरलाइन्सको एक कार्गो बिमान चिनको कुन्मिङबाट विहान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । हिमालय एयरलाइन्सका अरु ५ चार्टर बिमानले मंगलबार उडान भर्ने अनुमती पाएका छन् ।

रसियन एयरलाइन्सको चार्टर विमानले मस्कोबाट काठमाडौं आउने अनुमती पाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us