मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण

काठमाण्डु टुडे २०७८ जेठ ३ गते १६:३७ मा प्रकाशित

कैलाली, ३ जेठ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण भएको छ ।

मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेम कुँवरले उनको अवस्था सामान्य रहेको बताए ।

मुख्यमन्त्री भट्ट होम आइसोलेसनमा छन् । भट्टको सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमरले उपचार गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us