जेठ २ मा फर्किने सहमति कार्यान्वन गर्न एमालेमा बन्यो कार्यदल

काठमाण्डु टुडे २०७८ जेठ २ गते १५:४९ मा प्रकाशित

काठमाण्डु, २ जेठ– नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ ।

आइतबार केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटमा दुबै पक्षका ५र५ नेता रहेको कार्यदल बनाएको हो । कार्यदल गठनको जानकारी दिादै वरिष्ठ नेता नेपालले सञ्चारकर्मीहरुसँग भने, ‘जेठ २ भन्दा पहिलोको अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको छ । मैले तीन दिन भनेको छु, अलि समय बढाउँ भन्ने भएको छ ।’

कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us