सेती अस्पतालमा उपचाररत थप ६ कोरोना संक्रमितको मृत्यु

काठमाण्डु टुडे २०७८ जेठ १ गते १७:२३ मा प्रकाशित

कैलाली, १ जेठ– कैलालीको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा उपचाररत थप छ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दगोरीया २ कैलालीका ४० बर्षीया पुरुष, गोदावरी १० कैलालीका ५८ बर्षीया महिला, गोदावरी १ कैलालीका ४१ वर्षिया पुरुष, धनगढी ५ कैलालीका ५३ बर्षीया पुरुष, दशरथचन्द ४ बैतडीका ३६ बर्षीया पुरुष र गोदावरी १० कैलालीका ६४ बर्षीया पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ३५ नमुनाको परीक्षण गर्दा ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
हाल सो अस्पतालको भेन्टीलेटरमा १, आईसीयुमा १४, अक्सिजनको सपोर्टमा ९० र अन्य सामान्य अवस्थाका २० जना उपचाररत छन् ।

यस्तै इमर्जेन्सी वार्डमा २१ पुरुष र ८ महिलाको पनि उपचार भईरहेको अस्पतालले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us