काँग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

काठमाण्डु टुडे २०७८ जेठ १ गते ९:५३ मा प्रकाशित

काठमाण्डु, १ जेठ– नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई
पत्नीशोक परेको छ ।
शनिबार विहान ४ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो ।

कोरोना संक्रम भएपछि उनी दुई हप्तादेखि अस्पतालमा भर्ना थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us