बाग्लुङमा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

रासस २०७८ वैशाख ३१ गते १७:०५ मा प्रकाशित

कैलालीमा माटोको ढिस्कोले पुरिएर ३ महिलाको मृत्यु - Kanchan Aawazबाग्लुङ, ३१ वैशाख–  बागलुङको निसिखोला गाउँपालिका–२ फलाँटे चौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए ।

घटना दिउँसो साढे दुई बजे भएको हो । मृत्यु हुने एकाघरका आमाछोरा रहेको प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।

अहिले इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी प्रमुख जयराम वन्तसहितको टोली घटनास्थलमा पुगेको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा माटोले पुरिएका शव निकालिएको प्रहरी निरीक्षक भण्डारीले बताए ।

शव परीक्षण गरी अन्त्येष्टिका लागि तयारी गरिएको बताइएको छ । मृतक भवीका श्रीमान् रोजगारीका क्रममा भारतमा रहेको परिवारले बताएको छ । उनका अरु दुई छोरा रहेको स्थानीयवासीले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us