रुपन्देहीमा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउन सिफारिस

काठमाण्डु टुडे २०७८ वैशाख २९ गते १७:१७ मा प्रकाशित

रुपन्देही, २९ वैशाख– रुपन्देहीमा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउन सिफारिस गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

रुपन्देहीमा यसअघि वैशाख १६ गतेदेखि ३० गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

कोरोना संक्रमणदर बढ्दै गएपछि थप १५ दिन निषेधाज्ञा लगाउन डीसीसीएमसीले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us