यात्रुसँग तोकिएको भन्दा दोब्बर भाडा लिने २ जना पक्राउ

काठमाण्डु टुडे २०७८ वैशाख २९ गते १५:५८ मा प्रकाशित

काठमाण्डु, २९ वैशाख– यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने २ जना पक्राउ परेका छन् । ट्राफिक महाशाखाको टोलीले उनीहरुलाई कलंकी र बसपार्कबाट पक्राउ गरको हो ।

पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका हृदय नारायण साह र बसपार्कबाट बर्दियाका कृष्ण चौधरी रहेका छन् ।
साहले ना६ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तिन गुणासम्म बढि भाडा लिएका थिए ।

यस्तै चौधरीले बर्दिया जाने यात्रुहरुसँग प्रति ब्यक्ति पच्चीस सयदेखि तिन हजारसम्म लिने गरेको पाइएको छ । उनले ना७ख ४९२० नम्बरको बस मार्फत बर्दिया जाने यात्रुसँग बढि भाडा लिएको पाइए पछि पक्राउ गरेको महाशाखाले जनाएको छ ।

दैनिकजसो बढि भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरूलाई निगरानी गरि हालसम्म महाशाखाले अठाइस जनालाई पक्राउ गरि कारबाहीको दायरामा ल्याएको महाशाखाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us