बाबुराम–उपेन्द्र पक्षले ओलीविरुद्ध मतदान गर्ने

काठमाण्डु टुडे २०७८ वैशाख २६ गते २०:५५ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– जनता समाजवादी पार्टी (जसपा) को बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले प्रधानमन्त्री केपी ओलीविरुद्ध मत दिने भएका छन् ।

ओलीले विश्वासको मत लिन चाहेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको संसद अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । भट्टराई निवास टोखामा जसपा कार्यकारीणी समितिको बैठक बसेको थियो । बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले ओलीको पक्ष वा विपक्षमा मत नदिई तटस्थ बस्नुपर्ने प्रस्ताव राखेका थिए ।

तर, भट्टराई र यादवले ओलीको निरंकुशताविरुद्ध सडक संघर्ष गरेको भन्दै पक्षमा मत दिन नसकिने बताए । बैठकले संसदमा पक्ष विपक्ष हुँदा पार्टी विभाजन हुन सक्ने अवस्थालाई मध्यनगर गर्दै सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको छ ।

ठाकुर र महतो ओली सरकारलाई निरन्तरता दिने पक्षमा र भट्टराई–यादव ओलीको विकल्प खोज्नुपर्ने अडानमा छन् । जसपा कार्यकारीणी समितिमा भट्टराई–यादवको विचारमा सहमत हुनेको संख्या बहुमत छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us