बाँकेमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख २६ गते १३:०४ मा प्रकाशित

बाँके, २६ वैशाख– बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका दुई जना र बर्दियाका एकजना गरी तीन जनाको मृत्यु भएको हो । ओलीका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिका–२ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा आइतबार बिहान ११ः१० बजे मृत्यु भएको हो ।

उनीमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो । नेपालगञ्ज उपमहानगरपालिका–११ का २४ वर्षीय युवकको नेपालगञ्ज मेडिकल कलेजमा आइतबार बिहान १०ः४० बजे मृत्यु भएको हो । उनीमा वैशाख १५ गते संक्रमण पुष्टि भएको थियो ।

भेरी अस्पतालमै बर्दियाको बढैयाताल गाउँपालिका–१ की ९२ वर्षीया महिलाको आइतबार बिहान ११ः३० बजे मृत्यु भएको हो । उनीमा वैशाख २५ गते संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा बाँकेमा शनिबार राति र आइतबार बिहान गरी ५ जनाको मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us