कोरोनाबाट पत्रकार दाहालको निधन

काठमाण्डु टुडे २०७८ वैशाख २५ गते १९:३५ मा प्रकाशित

ललितपुर, २५ वैशाख–कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पत्रकार दिनेश दाहालको निधन भएको छ ।

दाहालको ललितपुर धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको हो । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका अनुसार दाहाललाई गत १ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमणपछि होम आइसोलेसनमा रहेका उनलाई श्वास प्रश्वासमा समस्या भएपछि १० वैशाखमा अस्पताल भर्ना गरिएको थियो । दाहाल सिपोष्ट न्यूज डटकमका प्रकाशक/सम्पादक थिए । स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us