यस्तो छ शंकर पोखरेलमाथि फेसबुकमा पोखिएका आक्रोश

काठमाण्डु टुडे २०७८ वैशाख २५ गते १३:५९ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमाले नेता माधव नेपालको तुलना गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलसँग र डा. खिमलाल देवकोटाले तुलना बादलसँग नहुने भन्दै शनिबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरे ।

संघीयताविद देवकोटाले काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह र जसपाको बाबुराम–उपेन्द्र यादव समूहको समर्थनमा उम्मेदवारी दर्ता गराएपछि बादल पराजित हुने करिब निश्चितजस्तै छ । पोखरेलको तर्क देवकोटाले चुनाव हार्नुपर्छ र बादलले जित्नुपर्छ भन्ने हो । पोखरेलको स्टाटसमा धेरैले आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् । विपक्षमा बहुमत हुँदाहुँदै राजीनामा दिएकै दिन प्रदेश प्रमुखलाई कार्यालयमै बोलाएर फेरि मुख्यमन्त्रीको सपथ खानु असंवैधानिक र अलोकतान्त्रिक भन्दै धेरैले पोखरेलले अरुको तुलना गर्नु बेकार भएको टिप्पणी गरेका छन् ।
पोखरेललाई सामाजिक सञ्जालमा दिइएका केही प्रतिक्रिया जस्ताको त्यस्तै

देवेन्द्र कोइरालाः तपाईंको तुलना त झन् संसारमै कसैसँग नहुने भयो, एक कारको जुनीमा ।

दीपेन्द्र ढकालः तपाईंको तुलना पनि त यो गणतन्त्रमा कमरेड कुलप्रसाद केसी (सोनाम) सँग हुँदैन । किन पद ओगटेर बसेको छ ? तुरुन्त राजीनामा दिनुस् ।

कपिल भट्टः त्यसैले खिमलाल जिताऔं ।

निशान कार्कीः तिम्रो अदभूत क्षमता सबैले देखिसके । तिमीजस्तो लाचारको तुलना कोसँग हुन्छ त तिमीजस्तो कुलंगारहरुका कारण एमाले यो हालतमा पुगेको छ ।
चिरञ्जिवी भुसालः मुख्यमन्त्रीज्यू, सबैभन्दा पहिला महामारीबाट जनता जोगाउने उपायको खोजीतिर लाग्नुस् । हामी रह्यौं भने राजनीति फेरि गर्नुहोला ।
प्रकाश बेलबासेः तिम्रो प्रदेशमा अक्सिजन नपाएर जनताको मृत्यु भइरहेको छ । तिमी सधैं सत्ताको मोहमा, दाउपेचमा अलमल गरी बस्ने गर । घिन लाग्न थाल्यो यो तिम्रो राजनीति देखेर अब त अति भयो । केही समयलाई यो घिनलाग्दो राजनीति छाडेर जनताको सेवामा लाग्नुस् होइन भने अर्को चुनावमा जनताले यसको हिसाब राम्रोसँग राख्नेछन् ।
शिव डुम्रेः रोक्नुस, बन्द गर्नुस । भोट माग्ने समय होइन । मान्छे एम्बुलेन्समा मरिरहेछन् ।

यज्ञबहादुर केसीः तपाईको तुलना पनि बेलझुण्डीको कोरोना हस्पीटलसँग हुँदैन कमरेड । किनकी तपाईं सत्ता बचाउमा हुनुहुन्छ । जनता बचाउमा होइन ।

पोखरेल छायाँः हजुरको कार्यालयबाट करिब १ किलोमिटर दूरीमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अब बिरामीलाई १ घण्टालाई मात्र अक्सिजन छ भनेर डाक्टरहरुले बताइरहेका छन् । कयौं बिरामी अस्पतालको बेड, अक्सिजन नपाएर मृत्यु भइरहेका छन् । बुटवल नेपालको दोश्रो कोरोना संक्रमित सहर बनेको छ । त्यहाँ त्यति धेरै क्याम्पस, विद्यालयहरु छन् । यिनीहरुलाई अस्थायी अस्पताल बनाएर नागरिकको जिउ रक्षा गर । जनता रहे राजनीति पछि गरौंला मुख्यमन्त्रीज्यू ।

दीपक अनुरागीः जनता अक्सिजन नपाएर छटपटिइहरेका छन् । अस्पतालले बिन्ती बिसाउँदै अक्सिजन मागेको माग्यै छन् । यी अवैध मुख्यमन्त्रीले त्यता ध्यान दिँदैनन् । उनको चिन्ता बादलको छ ।
अशोक थापाः अनि तपाईंको तुलना चाहिं कोसँग हुन्छ त ? तपाईंको अदभूत क्षमता त सारा जनताले देखिसके छ ।
उमेश सुवेदीः मुख्यमन्त्री ज्यू, यस्ता स्टाटस लेखेर समय बर्बाद गर्नुभन्दा एक सिलिण्डर अक्सिजन कहाँबाट जोहो गर्न सकिन्छ । त्यो सोच्नेतिर लाग्नुस् जनताको ज्यान जोगिन्छ । यस्ता हावादारी रमिता नदेखाउनुस् ।
गौतम राईः आफैंले सैन्य कमाण्ड गरेको १० वर्षे जनयुद्धमाथि घात गर्ने बादलको तुलना डा. खिमलाल त के मुकुन्देसँग पनि गर्न मिल्दैन ।
विजय रेग्मीः तपाईं अझै कुर्सी र पार्टी केन्द्रित हुनुहुन्छ है मुख्यमन्त्रीज्यू, प्रदेशमा जनता अस्क्जिन नपाएर छटपटाउँदैछन् ।

मुकुन्द कार्कीः कर्म र व्यवहारले बुद्धिजिवी भनिएको शंकरजीको तुलना आजकल शाहीमन्त्री टंक ढकालसँग हुने गर्दछ ।
कुँवर अशोकः फेरि यतातिर मोडिनुभएछ मुख्यमन्त्री ज्यू, के बिहानै बारुलाले टोक्यो र भन्छु । मान्छे आकुल ब्याकुल भा बेल बादल देवकोटा भन्दै बस्नु ।
भक्तकुमारी लामाः सही भन्नुभएछ । देवकोटा र बादलको साँच्चै तुलना हुन स्क्दैन । कमरेड खिमलाल विद्वान, अर्को अवसरवादी । कहाँबाट तुलना हुनु अनि ?
मनसगर अडिगः अनि जंगली हत्याराको आरोप थ्यो, कुन साबुनले धुनु भो ?
श्यामकृष्ण श्रेष्ठः तुलना कसैको कोहीसँग हुँदैन । राजनीति इमानमा हुने कुरो हो । जहाँबेइमानीपन देखिन्छ । त्यहाँ सबै सकिन्छ । तपाईंको तुलना अस्तिको जबर्जस्ती असंवैधानिक तबरले भएको मुख्यमन्त्री नियुक्तिदेखि एउटा वडा सदस्यसँग पनि तुलना गर्न मिल्दैन ।
अली खानः पटक्कै हुन सक्दैन । एकजना संविधानका संरक्षक र एक जना प्रतिगमनका मतियार । तुलना कसरी हुन सक्छ माननीय ज्यू ?
मणि दाहालः ठीकै हो कमरेड । केपी बाको रायमाझी पथलाई ठीक भन्ने सबै ठीक । अरु त बेठीकै हुन् । त्यसमा पनि हजुर त झन् ठीक । अल्पमतको मुख्यमन्त्री । तर, मतदाता चाहिं खिमलाल देवकोटा भन्दैछन् है ।

झबिन्द्र भट्टराईः अल्पमतमा पर्ने डरले सदन फेस गर्न नसकेर राजीनामा दिने । अनि जस्केलाबाट नियुक्ति लिने कायर मुख्यमन्त्रीको तुलना पनि अरु कुनै मुख्यमन्त्रीसित हुन सक्दैन ।

ठाकुरबाबु कँडेलः बहुमतबिना मुख्ममन्त्रीको सपथ कोठामै लिएको जसरी बादललाई जिताउन मिल्दैन र कमरेड ? चुनावमा हार्ने पक्का छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us