ओली र नेपाल पक्षबीच बालुवाटारमा वार्ता, निराश भएर बाहिरिए घनश्याम र योगेश

काठमाण्डु टुडे २०७८ वैशाख २४ गते २१:०५ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख– एमालेको केपी ओली र माधव नेपाल समूहबीच सहमति प्रयासमा शुक्रबार भएको वार्तामा सहमति हुन सकेछ ।

नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोस्ने र रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीसहित पूर्वमाओवादी नेताहरुलाई केन्द्रीय समितिमा मनोनयन गर्ने २८ फागुनको निर्णयबाट पछि हट्न ओली पक्ष तयार नभएपछि वार्ता विफल भएको हो ।

ओली र नेपाल पक्षमा दोश्रो पुस्ताका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । छलफलमा ओली पक्षबाट अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा नेपाल पक्षबाट उपमहासचिव घनश्याम भुसाल र सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी थिए । सचिव भट्टराईले आलो पक्षले आफूहरुको सर्त स्वीकार गर्नए आनाकानी गरेको बताए ।

यद्यपि छलफल सकारात्मक रहेको उनको भनाइ थियो । उनका अनुसार नेपाल पक्षले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुनुअघि २०७५ जेठ २ मा फर्कनुपर्ने र महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित केन्द्रीय समिति पूर्ववत अवस्थामा फर्कनुपर्ने, नेताहरुमाथि गरिएका कारबाही फिर्ता हुनुपर्ने सर्त राखेको छ । ओली पक्षले ओली र नेपाल पक्षले नेपालसँग छलफल गरेपछि फेरि वार्ता गर्ने सहमति गरेका छन् ।

२७ वैशाखमा बोलाइएको संसदको विशेष अधिवेशनअघि नै नेपाल पक्षका २२ सांसदले सामूहिक राजीनामा दिने तयारी गरेपछि ओली पक्ष आत्तिएको छ । यसअघि बिहीबारको ओली पक्षीय स्थायी समिति बैठकमा पार्टी एकताका लागि चलक हुनुपर्ने भन्दै माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसालमाथि गरिएको निलम्बनको कारबाही फिर्ता गर्नुपर्ने आवाज उठेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us