यात्रुसँग बढी भाडा लिने दुई जना पक्राउ

काठमाण्डु टुडे २०७८ वैशाख २३ गते १६:५६ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख– यात्रुसँग बढी भाडा लिने थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कलंकी चोकबाट काउण्टरका २ जना कर्मचारीलाई यात्रुसँग मनोमानी भाडा लिइरहेको अबस्थामा महानगरीय प्रहरी महाशाखाले नियन्त्रणमा लिएको हो । काठमाडौंबाट मोरङ्गको नियमित भाडा एक हजार देखि बाह्रसयसम्म भएपनि यात्रुसँग दुई गुणा बढि जनही रु २५०० का दरले भाडा उठाउने खोटाङ् घरभइ कलंकी बस्ने बर्ष ३५ को भीम बहादुर खड्का र रौतहट घर भई खसीबजार बस्ने ५० वर्षीय बैजनाथ चौधरीलाई आज महाशाखाको सादा पोशाकको टोलीले पक्राउ गरेको हो ।

उपत्यकाको रिङ्गरोडमा चल्ने बा४ख १९२५ नम्बरको पाथिभारा दर्शनको भाडा बसमा यात्रु लग्ने गरी टिकट काटिएको समेत पाइएको महाशाखाले जनाएको छ । यसअघि आजै ३ जना र हिजो १ जनालाई पनि प्रहरीले बढी भाडा असुल गरेको अभियोगमा पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us