२४ घण्टामा उपत्यकामा ३ हजार ८२५ जना कोरोना संक्रमण, १५ जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख २२ गते १७:३४ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना संक्रमित भेटिएका हुन् । यस्तै एकै दिन काठमाडौँ उपत्योकामा १५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार देशभर ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us