बुटवलमा उपचाररत थप दुई संक्रमितको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख २१ गते १५:१० मा प्रकाशित

रुपन्देही, २१ वैशाख– बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप २ जना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिका–७ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बैशाख १७ गते कोरोना पोजेटिभ रिपोर्ट आएका ती पुरुष सोही दिन लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । उनीलाई ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै अस्पतालमा सैनामैना –१ मुर्धानीका ३२ वर्षीय युवकको पनि मृत्यु भएको छ । उनी कोरोना पोजेटिभ देखिएपछि सो अस्पतालमा उपचारर गर्दै आएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको डा. गौतमले जानकारी दिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us