पर्सामा थप १ सय १५ संक्रमित, एकको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख २१ गते १२:४१ मा प्रकाशित

पर्सा, २१ वैशाख– पर्सामा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजको कोभिड अस्पतालमा उपचाररत पर्सागढी नगरपालिका–९ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको सोमबार बेलुका उपचारका क्रममा भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा कोरोना फोकल पर्सन विनय श्रीवास्तवले जनाए । वैशाख ७ गते कोराना संक्रमण पुष्टि भएपछि उनमा श्वासप्रश्वासको समस्या देखिएपछि शनिबार मात्रै अस्पताल भर्ना गरिएको थियो ।

यता नारायणी अस्पतालमा पीसीआर परीक्षण गराएका १ सय ९२ जनामध्ये १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि अस्पतालले जनाएको छ ।
ती संक्रमित मध्ये पर्साका ८७ जना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले बताए । यस्तै बाराका २४ र रौतहटका ४ जना संक्रमित रहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us