दुई कोरोना संक्रमितको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख १५ गते ११:०३ मा प्रकाशित

विराटनगर, १५ वैशाख– विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृतकमध्ये एक झापा र एक मोरङका छन् । मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

दुवै मृतकमा दिर्घरोग रहेको अस्पतालले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us