गण्डकी प्रदेशमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु टुडे २०७८ वैशाख १० गते १७:३६ मा प्रकाशित

पोखरा, १० बैशाख–  गण्डकी प्रदेशमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरास्थित विभिन्न प्रयोगशालामा ३६१ जनाको नमुना परीक्षण गर्दा पोखरा महानगरपालिकामा ६४ सहित प्रदेशमा ८६ जनमा संक्रमण देखिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोदबिन्दु शर्माले गण्डकीका ७ जिल्लाका ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय ७४ पुगेको छ ।

जसमध्ये सक्रिय संक्रमितको संख्या ७७३ रहेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३२ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ५ सय ९० पुगेको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशमा २११ जनाको मृत्यु भएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us