अब जे–जे गर्छन्, केपी ओलीले गर्छन्ः भगवती चौधरी

काठमाण्डु टुडे २०७८ वैशाख १० गते १५:२१ मा प्रकाशित

काठमाण्डु, १० बैशाख–  नेकपा एमालेकी नेतृ भगवती चौधरीले पार्टीको बैठकको बीचमा नै बहिस्कार गरेर बालुवाटारबाट बाहिरिएकी छन् । पार्टीको सुनसरी जिल्लाको इन्चार्जमा दाबी गरेकी चौधरीको स्थानमा जगदीश कुशवाहाले इन्चार्ज दिएपछि असन्तुष्ट बनेकी चौधरीले बैठक चलिरहेकै बेला बालुवटारबाट बाहिरिएकी हुन् ।

पहिलोपटक बैठकबाट बाहिरिँदा निरु पाललगायत नेताहरुले उनलाई सम्झाएर पुनः बैठकमा लगेपनि त्यसको १० मिनेटपछि नै बैठकबाट बाहिरिएकी थिइन् ।
बाहिरिने क्रममा उनले ‘अब जे–जे गर्छन्, केपी ओलीले गर्छन्’ भन्ने छोटो प्रतिक्रियामात्र दिएकी थिइन् ।

चौधरी गत चुनावमा विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन् । ०७४ को निर्वाचनमा चौधरीले गच्छदारले धाँधली गरेर चुनाव जितेको उनको आरोप थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us