एमालेको कार्यालय थापाथलीबाट बालिका पक्राउ

काठमाण्डु टुडे २०७८ वैशाख ९ गते १२:४३ मा प्रकाशित

काठमाण्डु, ९ बैशाख– नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मुख छाडेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

पार्टी कार्यालय निरीक्षणमा मुख्यमन्त्री राई पनि सहभागी थिए । उनले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूलाई बिचल्ली बनाएको आरोप लगाउँदै आएकी छिन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us