रौतहटमा चट्याङ लागेर एक युवकको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख ९ गते १०:३८ मा प्रकाशित

रौतहट, ९ बैशााख– हावाहुरी र वर्षासँगै आएको चट्याङ लागेर आज बिहान रौतहटमा एक जना युवकको मृत्यु भएको छ । चटयाङ लागि गुजारा–७ पल्टुवागाउँका बर्ष ४५ का लक्षण महराको मृत्यु भएको गुजरा नगर प्रमुख सन्तलाल चौधरीले बताए ।

महरा पलटुवाबाट हिजो साँझ आफन्तको घर बिहेमा गुजरा ८ जयराजपुर गएका थिए । आफन्तको घर बाट सौचगर्न खेततर्फ गएको बेला आज बिहान साढे ६ः०० बजे चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीय बिनोद कुमार माझिले बताए ।

घटनाबारे थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us