केपी ओली र माधव नेपालबीच भेटवार्ता

काठमाण्डु टुडे २०७८ वैशाख ८ गते १८:१५ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– एमाले विभाजनको संघारमा पुगेका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच नक्सालस्थित एक होटलमा बुधबार भेट भएको हो । ओलीले नेता नेपालसहित २७ सांसदलाई संसद सदस्यबाट हटाउने तयारी स्वरुप मंगलबार मात्र तीन दिने स्पष्टीकरण सोधेका थिए ।

यसअघि नेपालसहित चार नेतालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट समेत निस्काशन गर्ने निर्णय ओलीले गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us