एकैदिन २ हजार ३ सय ५१ मा संक्रमण

काठमाण्डु टुडे २०७८ वैशाख ८ गते १७:५६ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

८ हजार ८ सय ८४ पीसीआर परीक्षण गर्दा २ हजार २ सय २० र ८ सय ३ एन्टिजेन परीक्षणमा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी संक्रमित काठमाण्डु उपत्यकामा मात्र १ हजार ५१ छन् ।

यस्तै बाँकेमा २ सय २५, रुपन्देहीमा १ सय २४, कास्कीमा ८८, पर्सामा ८१, दाङमा ७४, बाग्लुङमा ५३ र सुर्खेतमा ५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us