अख्तियारले घूस काण्डमा ‘स्टिङ अपरेशन’ गर्न नपाउने

काठमाण्डु टुडे २०७८ वैशाख ८ गते १४:३३ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अबदेखि ‘स्टिङ अपरेशन’ गर्न नपाउने भएको छ ।

अधिवक्ता विष्णुप्रसाद घिमिरेले दायर रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले घूस लिएको प्रकरणमा स्टिङ अपरेशन सञ्चालन नगर्न आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले ‘स्टिङ अपरेशन’ गर्न नपाउने आदेश दिएको हो ।

यसअघि अख्तियारले सरकारी कार्यालय, होटल तथा रेष्टुरेण्ट लगायतबाट घूस लेनदेनमा संलग्नलाई पक्रन ‘स्टिङ अपरेशन’ सञ्चालन गर्दै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us