नेपालगञ्जमा एक साताका लागि लकडाउन

काठमाण्डु टुडे २०७८ वैशाख ८ गते १४:२६ मा प्रकाशित

नेपालगञ्ज, ८ वैशाख– नेपालगञ्ज उपमहानगरपालिकामा लकडाउन घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कोरोना महामारी बढेका कारण लकडाउन घोषणा गरेको हो । नगर क्षेत्रमा अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ । लकडाउन आज राति १२ बजेदेखि वैशाख १५ सम्म कायम हरने छ । दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने सवारी साधन भने बिहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज गेलालले बजार, पसल, सार्वजनिक यातायात, भेला, सम्मेलन र सार्वजनिक स्थानमा हिंडडुल गर्नसमेत रोक लगाइएको जानकारी दिए । यसअघि मंगलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले लकडाउन गर्न सिफारिस गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us