काठमाण्डुमा कोरोनाबाट एक पत्रकारको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख ८ गते ११:५८ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट काठमाण्डुमा एक पत्रकारको ज्यान गएको छ ।

४० वर्षीया पुरुष पत्रकारको उपचारका क्रममा गएराति काठमाण्डुमा मृत्यु भएको हो । मृतक दाङको घोराही उपमहानगरपालिका–१७ का स्थायी बासिन्दा हुन् । मृतकमा गत २७ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि केही दिनअघि काठमाण्डु ल्याइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us