माओवादी नभए पनि देश चल्छः प्रदीप ज्ञवाली

काठमाण्डु टुडे २०७८ वैशाख ४ गते १४:४९ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– एमाले ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माओवादी नभए पनि देश चल्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग ज्ञवालीले माओवादी नभए पनि देश चल्ने बताएका हुन् । ज्ञवालीले सर्वदलीय बैठकमा बोलाए पनि माओवादी केन्द्रका नेताहरु सहभागी नभएको उल्लेख गरे ।

‘माओवादी केन्द्रका नेताहरुलाई पनि बैठकमा बोलाइएको थियो’, ज्ञवालीले भने, ‘उहाँहरु किन आउनु भएन त्यो थाहा भएन, उहाँहरु नहुँदा पनि देशचाहिँ चल्छ ।’

उनले शुक्रबार प्रधानमन्त्रीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर बोलाएको उल्लेख गरे । प्रधानमन्त्रीले फोन गरेको कुरा बाहिर आउने, तर खबर नै गरिएन भन्नु अमिल्दो भएको टिप्पणी ज्ञवालीको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us