बलात्कार प्रयास गरेको मुद्दाका फरार तीनजना पक्राउ

काठमाण्डु टुडे २०७७ चैत २६ गते १८:०६ मा प्रकाशित

मोरङ, २६ चैत– बलात्कार र बलात्कार प्रयास गरेको मुद्दाका फरार ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपािलका–१५ रानी घर भएका ४० वर्षीय दिनेश शाह, कटहरी गाउँपालिका–१ घर भएका अवधेश राय र गणेश दास छन् ।

जिल्ला अदालत मोरङले ०६८ मंसिरमा दिनेश शाहलाई २ वर्ष कैद सजाय हुने फैसला गरेको छ । उनलाई प्रहरीले विराटनगर–१५ ढाटबाट पक्रेर अदालत बुझाएको छ ।

उनीहरुलाई धनकुटाको भेडेटारबाट पक्राउ गरेर थप अनुसन्धान शुरु गरिएको जिप्रका मोरङका प्रवक्ता ९डिएसपी० मानबहादुर राईले बताए । अवधेश र गणेशले चैत १६ मा कटहरी गाउँपालिका–१ मा एकजना महिलालाई बलात्कार प्रयास गरेर भागेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us