प्रतिष्ठान प्रदेशमा अधिकारी नेतृत्वको प्यानल विजयी

काठमाण्डु टुडे २०७७ चैत २६ गते १०:२५ मा प्रकाशित

काठमाण्डु, २६ चैत– नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा सरकारनिकट प्यानललाई हराउँदै गठबन्धन प्यानल विजयी बनेको छ । प्रतिष्ठान प्रदेश समितिमा अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी बनेको हो ।

प्यानलबाट उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी बनेका हुन् ।

प्रतिष्ठान प्रदेश अन्तिम नतिजा:
बालकृष्ण अधिकारी: 940
उद्धव कार्की: 328
विरेन्द्र ओली: 778
सरोज कोईराला: 454
रामकुमार शाही:711
रुक्मिणी पोख्रेल: 736
राधिका जोशी: 435
रामकुमार शाही: 711
कमल राना: 435
पार्वती खड्का:744
यासिमा महत:424
केशव वोहरा: 696
राजिव खत्री: 461
नरेन्द्र मानन्धर: 774
सूर्य बराल:366

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us