नेपाली कांग्रेस संकटमा छैन, नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छः देउवा

काठमाण्डु टुडे २०७७ चैत २५ गते १३:४२ मा प्रकाशित

काठमाण्डु, २५ चैत– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता निधनले पार्टीमा नेतृत्व गर्न सक्ने क्षमता कम्जोर भएको महसुस गरेका छन् ।

उनले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गरे । स्वर्गीय नवीन्द्रराज जोशीको १३ औ दिनको पुण्य तिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले भने, ‘यहाँ दोहोरी खेल्ने कुरा छैन ।

नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन। आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रममा बोलेको विषयलाई खण्डन गर्दै सभापति देउवाले पार्टी कहिल्यै पनि संकटमा नरहेको ठोकुवा गरे। उनले भने ‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन आज पनि छैन ।

भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौं। पार्टी जीतहारले संकटमा नभइ धेरै पटक हामी हारेका छौं ।

धेरै पटक जितेका पनि छौं । त्यसैकारण हामीले डिमोरलाइज हुने काम छैन । आफैंले आफैंलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन ।’ स्वर्गीय जोशीले थालेको कामलाई सबै मिलेर सम्पन्न गर्नमा पनि जोड दिनुपर्ने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us