बागमती प्रदेशको प्रदेशसभा बैठक बस्दै

काठमाण्डु टुडे २०७७ चैत २४ गते ११:१७ मा प्रकाशित

काठमाण्डु, २४ चैत– बाग्मती प्रदेश सभाको बैठक आज बस्दै छ ।  बैठकमा राष्ट्रिय सरोकारका विषयमा जानकारी दिइने संसद सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध तत्कालीन नेकपाका प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव पेश गरेपछि बैठक सहजरुपमा बस्न सकेको थिएन ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध तत्कालीन नेकपाका प्रचण्ड–माधव नेपाल समूहले अविश्वास प्रस्ताव पेश गरेपछि बैठक सहजरुपमा बस्न सकेको थिएन ।

बैठकको मिति तोकिए पनि पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको थियो । तर सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्रबीचको एकता अस्वीकार गरेपछि दुबै दल अलग–अलग रुपमा क्रियाशील भएका थिए ।

त्यसपछि एमाले संसदीय दलको निर्देशनमा एमाले सांसदहरुले अविश्वास प्रस्तावबाट नाम फिर्ता लिइसकेका छन् ।

एमाले सांसदहरुले अविश्वास प्रस्ताव फिर्ता लिएपछि मुख्यमन्त्रीको पद सुरक्षित भएको छ । वाग्मती प्रदेशमा सरकार निर्माणका लागि एमालेसँगै बहुमत छ ।

दिउँसो एक बजे बस्ने बैठकको कार्यसूचीको अन्तिम टुंगो कार्यव्यवस्था परामर्श समितिले लगाउने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us