एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षमा बोगटी

काठमाण्डु टुडे २०७७ चैत १७ गते १८:०३ मा प्रकाशित

सुर्खेत, १७ चैत– नेकपा एमाले कर्णाली प्रदेश कमिटी हेरफेर गरिएको छ । केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार प्रदेश कमिटी हेरफेर गरिएको हो ।

यसअघि प्रदेश सह–इन्चार्ज रहेका गोरख बोगटीलाई पार्टीको प्रदेश अध्यक्ष बनाइएको छ भने अध्यक्ष गुलाबजंग शाहलाई सह–इन्चार्ज बनाइएको एमाले प्रदेश कमिटी स्रोतले जनाएको छ । बोगटी नेपाल कम्युनिष्ट पार्टी हुँदा प्रदेश कमिटी अध्यक्ष रहेका थिए । बोगटीले सह–इन्चार्जको जिम्मेवारीमा अरुचि देखाएपछि कमिटी हेरफेर गरिएको स्रोतको भनाई छ ।

अब कर्णाली प्रदेश एमालेको अध्यक्षमा बोगटी, इन्चार्जमा यामलाल कँडेल, सह–इन्चार्जमा प्रदेशसभा सदस्य गुलाबजंग शाह र लक्ष्मीप्रसाद पोखरेलसँगै सचिवमा धर्मराज रेग्मीले पार्टी जिम्मेवारी पाएका छन् । सचिव रेग्मी माओवादी केन्द्रबाट आएका हुन् । उनलाई माओवादी केन्द्रले कारवाहीका लागि केन्द्रमा सिफारिस समेत गरिसकेको छ भने सांसद रेग्मी कुनै हालतमा पनि माओवादी केन्द्रमा नजाने दावी गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us