राष्ट्रपति हटाउँदैनौंः प्रचण्ड

काठमाण्डु टुडे २०७७ फागुन ११ गते २२:०२ मा प्रकाशित

काठमाण्डु, ११ फागुन– नेकपा प्रचण्ड–नेपाल समूहले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पदबाट हटाउने कुनै तयारी नरहेको बताएको छ ।

प्रतिनिधिसभा पुर्नस्थापनामा प्रधानमन्त्री केपी ओलीको सहयोगीका रुपमा प्रस्तुत भएकी राष्ट्रपतिलाई हटाउने चर्चा र आशंकाबीच उक्त समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति हटाउनेबारे नसोचेको स्पष्ट गरे । उनले पहिले पनि आफूहरुले राष्ट्रपति हटाउन नखोजेको बताए ।

तर, प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई ‘ब्ल्याकमेल’ गरेको प्रचण्डको भनाइ थियो । ‘हामी अहिले त्यतारित सोचकै छैनौं । राष्ट्रपतिलाई ब्ल्याकमेल गर्ने कोसिस केपी ओलीले गर्नुभएको हो’, प्रचण्डले मंगलबार राति बीबीसी नेपाली सेवासँगको कुराकानीमा भने, ‘ हामीले कहिल्यै त्यसो गरेका छैनौं ।

हामी राष्ट्रपति हटाउनेतिर लाग्दैनौं ।’ तर, ओलीलाई भने पार्टीको अध्यक्ष स्वीकार गर्न नसकिने प्रचण्डले स्पष्ट गरे । अरु दलसँग भने सहमतिका आधारमा अघि बढ्ने प्रचण्डले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us