अब ६० प्रतिशत नम्बर ल्याउनेले चालक अनुमतिपत्र पाउने

काठमाण्डु टुडे २०७७ पुष २८ गते १८:२५ मा प्रकाशित

काठमाण्डु, २८ पुस– सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न अब विगतमा भन्दा सजिलो हुने भएको छ ।

यातायात व्यवस्था विभागले हालको सवारी लाइसेन्स मापदण्ड परिवर्तन गर्ने भएपछि लाइसेन्स लिन सहज हुने भएको हो । विभागले विद्यमान मापदण्ड परिवर्तनका लागि भौतिक पूर्वाधार ताथ यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ । प्रस्तावमा ट्रायलमा ६० प्रतिशत अङ्क ल्याउनेलाई पास मान्ने प्रावधान राखिएको छ ।

यसअघि शतप्रतिशत अङ्क ल्याउनेले मात्र सवारी चालक अनुमतिपत्र पाउँथे । जसका कारण करिब २५ प्रतिशत परीक्षार्थीले मात्र ट्रायल पास गर्ने गरेका थिए । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले अव्यवहारिक र कडा प्रावधानका कारण परीक्षामा असफल भएकाहरु बिचौलियाको सम्पर्कमा पुग्ने गरेका कारण विकृति बढेको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us